कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिराखेको ट्रकमा आगजनी

नारायण शर्मा

नवलपरासी — नेत्रविक्रम चन्द समूहले आयोजना गरेको बन्दका क्रममा महेन्द्रराजमार्गमा एक भारतीय ट्रकमा आगजनी गरिएको छ । कावासोती १६ डण्डा पथ्तरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी गरिएको हो । 

रोकिराखेको ट्रकमा आगजनी

भारतको गुजरातबाट काठमाडौं जानका लागि आउँदै गरेको आरजे०२जीबी २८७० नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । ट्रकमा क्लिंकर थियो ।


आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ । ट्रकमा एसिडसमेत प्रयोग गरिएको थियो । जलेपछि पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ट्रकमा लागेको आगो निभाएको हो ।

प्रकाशित : वैशाख ५, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?