सेनाका प्रवक्ता ढकाल गृहजिल्लामा सम्मानित 

प्रतिक्षा काफ्ले

स्याङ्जा — नेपाली सेनाका प्रवत्ता एवं सहायक रथी यामप्रसाद ढकाललाई गृह जिल्ला स्याङ्जामा सम्मान गरिएको छ । सहायक रथी भएसँगै चेम्बर अफ कमर्सद्वारा आइतबार उनलाई पहिलोपटक सम्मान गरिएको हो । उक्त अवसरमा स्याङ्जा जन्मिएर राज्यको उपल्लो दर्जामा पुग्न सफल ढकालसहित तीन जना सम्मानित भए ।

ZenTravel

पुतलीबजार नगरपालिका-१ मालेबगरमा स्याङ्जा चेम्बर अफ कमर्सले गरेको प्रथम स्याङ्जा आँधीखोला महोत्सवमा सेनाका सहायक रथी ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो। आँधीखोला गाउँपालिका-१ पंचमुलमा जन्मेर २०४५ सालमा तत्कालीन शाही नेपाली सेनाको अधिकृतमा प्रवेश गरेका ढकाल २०७५ साल कार्तिक ७ गते सहायक रथी र पुस २६ गते प्रवक्ता बनेका थिए।

Meroghar

त्यस्तै पंचमुलमा जन्मिएर हिन्दु र शान्ति विषयमा विद्यावारिधी गरेका प्रदीप ढकाल पनि सम्मानित भए। उनी २०७४ साउनमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका थिए।

त्यस्तै आँधीखोला-४ बागेफड्केका डा.गिरीधारी पौडेललाई पनि चेम्बरले सम्मान गरेको छ। पौडेल गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा सिफारिस भएका छन्। तीनै जनालाई प्रतिनिधिसभा सदस्य नारायण मरासिनी र चेम्बर अध्यक्ष नन्दकुमारी लम्सालले सम्मान गरे।

सम्मानपछि सेनाका प्रवत्ता ढकालले आफू उच्च तहमा पुग्नमा जिल्लावासीको सहानुभूति रहेको बताए। उनले सम्मानको कदर गर्दै जिल्लाका लागि केही गर्ने प्रतिबद्धतासमेत जनाए।

प्रकाशित : फाल्गुन २६, २०७५ २०:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वालिङ-१०० माउन्टेनको उपाधि क्यानडाका वालेसलाई

प्रतिक्षा काफ्ले

स्याङ्जा — वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानडियन खेलाडी कोरी वालेसले हात पारेका छन् ।

स्याङ्जाको वालिङ्‌मा संचालित अन्तर‌राष्ट्रिय वालिङ्-१०० माउन्टेन बाइक प्रतियोगिताकाे उपाधि हात पारेका क्यानेडाली खेलाडी कोरी वालेस । तस्बिर : प्रतिक्षा काफ्ले/कान्तिपुर 


कोरीले एकसय किलोमिटरको दूरी ६ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गरेका हुन्। टाइटलतर्फ प्रथम भएका कोरीले नगद ५ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

महिलातर्फ लक्ष्मी मगर आठ घण्टा नौ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गरेर प्रथम भइन्। उनले ३ लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्।

यसैगरी प्रतियोगितामा ८ घण्टा ५१ मिनेट ५६ सेकेन्डमा सो दूरी पार गरी सोनी गुरुङले द्वितीय स्थान हात पार्न सफल भएकी छन्। द्वितीय भएसँगै गुरुङले ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगितामा पुरुषतर्फ हर्कबहादुर लामा प्रथम, कमल ओली द्वितीय र सन्तोष गुरुङले तृतीय स्थान हाँसिल गर्न सफल भएका छन्। उनीहरुले क्रमशः १ लाख ५० हजार, ५० हजार र ३० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताको घोषणसभामा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण एवं सम्मान गरेका थिए। २ पटकसम्म वर्ल्ड च्याम्पियन बनेका टाइटलतर्फ च्याम्पियन भएका क्यानेडाली खेलाडी वालेसले आफू सहभागी भएको प्रतियोगिता मध्ये यहाँ भएको प्रतियोगिता निकै कठिन खालको भएको बताए।

यो प्रतियोगिताले आफूमा थप साहस बढेको प्रतिक्रिया दिँदै माउन्टेन बाइक प्रतियोगिताका लागि यो ठाउँ उपयुक्त भएको बताए। वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको प्रतियोगिताबाट जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्य लिइएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी दिए।

प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडाली वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता रहेको थियो।

प्रकाशित : फाल्गुन २६, २०७५ ११:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×