कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीएन क्याम्पसलाई गुणस्तर प्रमाणपत्र

पोखरा — विश्वविद्यालय अनुदान आयोगले पृथ्वीनारायण क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्रदान गरेको छ । 
आयोगबाट हालसम्म देशभरका ३० वटा सरकारी, सामुदायिक तथा निजीस्तरका उच्च शैक्षिक संस्थाले यसप्रकारको प्रमाणपत्र प्राप्त गरेका छन् ।

अन्य केही संस्थाहरू प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा छन् । पृथ्वीनारायण क्याम्पसले उक्त प्रमाणपत्र प्राप्त गर्नका लागि २०७४ पुस २४ मा आयोगबाट आशयपत्र प्राप्त गरेपछि अंग्रेजी विभागका सहप्राध्यापक मीन पुनको संयोजकत्वमा एउटा इकाइ गठन गरी प्रक्रिया थालनी गरिएको थियो । उक्त इकाइअन्तर्गत विभिन्न समिति र उपसमिति पनि गठन गरी प्रक्रिया पूरा गरिएको हो ।


संयोजक पुनका अनुसार आन्तरिक गुणस्तर सुनिश्चितता, स्व–अध्ययन टोली र शैक्षिक व्यवस्थापन सूचना पद्धतिलगायत तीनवटा समितिको सक्रियता थियो । गुरुयोजना, वार्षिक प्रतिवेदन, प्राज्ञिक लेखापरीक्षण, सार्वजनिक सूचना, अतिरिक्त कार्यक्रम इकाइ, रोजगारी पदस्थापन, परामर्श सेवा र अन्तर्राष्ट्रिय सहकार्य इकाइ लगायतका उपसमितिहरू गठन गरेर काम गरिएको थियो । प्रमाणपत्र प्राप्त गर्न क्याम्पसले आयोगमा मूल्यांकनका लागि स्वअध्ययनको प्रतिवेदन गत जेठ ३१ मा बुझाएको थियो ।


आयोगले गत साउन २२ मा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा कमलकृष्ण जोशीको संयोजकत्वमा सह–मूल्यांकन समिति गठन गरेको थियो । उक्त समितिले गत भदौ २८ देखि चार दिनसम्म क्याम्पसको अवलोकन भ्रमण गरेर थप सुधारको सुझावसहितको प्रतिवेदन दिएको थियो । उक्त सुझावअनुसार क्याम्पसले काम गरेको थियो ।


मूल्यांकन समितिले गत मंसिर अन्तिम साता पुन: अवलोकन गरेको थियो । गुणस्तरको प्रमाणपत्र वितरण भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा आयोजित समारोहमा वितरण गरिएको हो ।

प्रकाशित : पुस २९, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?