नुवाकोटमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कृष्ण थापा

नुवाकोट — नुवाकोटको विदुर नगरपालिका ५ पिपलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ५२ प ५८६८ नम्बरको मोटरसाइकल गुडिरहेको टिपरको पछाडिपट्टि ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक विदुर ५ का ३१ वर्षीय दिपक कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दुवै सवारीसाधन देवीघाटबाट गंगटेतर्फ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १०, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटको स्थानीय होटलमा एक जना मृत फेला

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिकाको एक होटलमा दुप्चेश्वर गाउँपालिका ६ का एक स्थानीय मृत फेला परेका छन् । दुप्चेश्वर गाउँपालिका ६ ढाँडखर्कका ४५वर्षीय स्थानीय जीतबहादुर तामाङ मोक्तान होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए । 

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । उनको मृत्यु भएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर २६, २०७९ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×