नुवाकोटको स्थानीय होटलमा एक जना मृत फेला- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको स्थानीय होटलमा एक जना मृत फेला

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिकाको एक होटलमा दुप्चेश्वर गाउँपालिका ६ का एक स्थानीय मृत फेला परेका छन् । दुप्चेश्वर गाउँपालिका ६ ढाँडखर्कका ४५वर्षीय स्थानीय जीतबहादुर तामाङ मोक्तान होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए । 

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । उनको मृत्यु भएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर २६, २०७९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा बस दुर्घटना हुँदा १८ जना घाइते

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिका–१० भैंसेमा दुई वटा बस ठोक्किँदा १८ जना घाइते भएका छन् भने ७ जना यात्रु सख्त घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै बस रसुवाको बेत्रावतीबाट आएका थिए । त्रिशूली–बेत्रावती सडक खण्डमा पर्ने विदुर नगरपालिका– १० तिरतिरेभीरमा निर्माण कार्य भइरहेकाले सडक बन्द गरिएको थियो । सडक बन्द भएका कारण त्रिशूली नदीपारिको वैकल्पिक सडकबाट जानको लागि बा ४ ख ८८२ नम्बरको बस मोड्दै गर्दा सोही दिशा बेत्रावतीबाटै आएको अर्को प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी रुपक खड्काले जानकारी दिए ।

प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बस सडकमै पल्टेको छ । दुवै बस पासाङल्हामु यातायात व्यवसायी समितिको रहेका छन् । सख्त घाइते भएका यात्रुहरु उपचारको लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।

प्रकाशित : मंसिर २४, २०७९ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×