नुवाकोटको स्थानीय होटलमा एक जना मृत फेला

नुवाकोट — विदुर नगरपालिकाको एक होटलमा दुप्चेश्वर गाउँपालिका ६ का एक स्थानीय मृत फेला परेका छन् । दुप्चेश्वर गाउँपालिका ६ ढाँडखर्कका ४५वर्षीय स्थानीय जीतबहादुर तामाङ मोक्तान होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । उनको मृत्यु भएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।