कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको पञ्चकन्यामा एक पुरुष मृत फेला

कृष्ण थापा

नुवाकोट — पञ्चकन्या गाउँपालिका-३ का एक स्थानीय नालीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । घरभन्दा केही पर खानेपानी धारा नजिकको नालीमा टाउको घोप्टिएको अवस्थामा अन्दाजी ३५ वर्षीय सरोज तामाङ मृत फेला परेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।

ती पुरुष भवन निर्माणसम्बन्धी मजदुरी गर्दै आएका थिए ।

शव प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली पठाएको जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७९ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?