चितवन-३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

रमेशकुमार पौडेल

चितवन — प्रदेशसभा चितवन-३ (२) मा सत्तारूढ गठबन्धनबाट उम्मेद्ववार रहेका माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रिना गुरूङलाई पराजित गरेका हुन् ।

चितवन-३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

ढकालले १५ हजार ४६१ मत ल्याउँदा गुरूङको १४ हजार ६१५ मत आयो । त्यसैगरी एमाले उम्मेदवार सरस्वती विष्टले १० हजार १२४ मत प्राप्त गरिन् ।

योसँगै चितवनको प्रदेशसभाका ६ वटै क्षेत्रको नतिजा आएको छ । चितवनमा एमालेले २, सत्तारूढ गठबन्धनले ३ र राप्रपाले प्रदेशसभामा १ क्षेत्रमा विजयी भएको छ । एमाले चितवन-१(१) र चितवन-२(१) मा, सत्तरूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी चितवन-१(२) मा र नेपाली कांग्रेस चितवन-२(२) मा यसअघि नै विजयी भइसकेका छन् । राप्रपाले चितवन-३(१) मा जितेको छ ।

प्रकाशित : मंसिर ९, २०७९ २२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?