ललितपुर–१ (२) मा कांग्रेसका मीनकृष्ण विजयी- वाग्मती - कान्तिपुर समाचार

ललितपुर–१ (२) मा कांग्रेसका मीनकृष्ण विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपर–१ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी भएक‍ा छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले)का चेतनाथ सञ्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार तीन सय ७८ मत प्रप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सञ्जेलले नौ हजार एक सय ६४ मत प्राप्त गरेका छन् ।

राप्रपाका उम्मेदवार विश्वराज न्यौपानेले एक हजार छ सय नौ, नेमकिपाका मन्पी महर्जनले दुई सय चार, मङ्गोल नेशनल अर्गनाइजेशनका तिलकबहादुर जिम्माले एक सय ४२, हाम्रो नेपाली पार्टीका अशोककुमार केसीले तीन सय ७६, स्वतन्त्र उम्मेदवार तिलकबहादुर भोलनले चार, देवेन्द्र श्रेष्ठले ११, नवराज कुँवरले ३३, पिताम्बर सञ्जेलले २५, रमेशकुमार सञ्जेलले १०, राजेन्द्र महर्जनले सात, बद्रीबहादुर बस्नेतले आठ, श्रीलाल भोम्जनले एक सय पाँच र सरोजकुमार विष्टले आठ मत प्राप्त गरेका छन् ।

सैतीस हजार छ सय १४ मतदाता रहेको यस क्षेत्रमा २५ हजार सात सय ३१ मत खसेको थियो । यस क्षेत्रमा छ सय ७७ मत बदर भएको थियो भने २५ हजार ८५ मत सदर भएको निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

महर्जन र सञ्जेल विसं २०७४ को प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा थिए । २०७४ मा सञ्जेलले १२ हजार आठ सय ६६ मत प्राप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुँदा महर्जन ११ हजार सात सय ४२ मत प्राप्त गरी उपविजेता भएका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ ००:४३
प्रतिक्रिया
पठाउनुहोस्

दैलेख-१ (१)मा कांग्रेसका खत्री विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले आफ्नो खाता खोलेको छ ।

खत्रीले खसेको १९ हजार नौ सय ९८ मतमध्ये नौ हजार चार सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा (एमाले)का धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पछि पार्दै विजय हासिल गरे । रेग्मीले आठ हजार ७२ मत प्राप्त गरेका थिए ।

त्यस्तै राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले पाँच सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत ल्याएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार छ सय ७० मत बदर भएको छ । ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको थियो ।

प्रकाशित : मंसिर ७, २०७९ ००:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×