कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपाङ्ग र अशक्त मतदानबाट वञ्चित

टीकाप्रसाद भट्ट

रामेछाप — निर्वाचन आयोगले असक्त र वृद्धवृद्धाहरु मतदानका लागि केन्द्रसम्म जान सवारी साधनको पास नदिँदा रामेछापमा झण्डै ५ हजार मतदाता मतदान गर्न नपाउने भएका छन् । 

अपाङ्ग र अशक्त मतदानबाट वञ्चित

‘मतदाता बोक्ने सवारी साधनको पास दिने प्रावधान नभएकोले हामीले पास जारी गर्न सकेनौं ’ मुख्य निर्वाचन अधिकृत ईन्दिरा शर्माले वताईन । शर्माका अनुसार कार्यालयबाट उम्मेदवार बाहेक अन्य कुनै पनि पास जारी भएका छैनन् ।

अशक्त मतदाताहरुलाई मतदान स्थानसम्म पुग्न र घर फर्कनका लागि सवारी साधनको पास उपलब्ध गराउने बारेमा मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा माग गरेका थिए । निर्वाचन आयोगले यस बारेमा स्पष्ट जानकारी नदिएकोले उनिहरुको माग सम्बोधन हुन नसकेको हो ।

मतदान केन्द्रमा बिहानैदेखि सर्वसाधारण मतदाताको बाक्लो उपस्थिति भएपनि वृद्धवृद्धा, रोगी र अपाङग हरु लाईनमा देखिएका छैनन् । आउ जाउ मै समस्या भएकाले उनीहरुको उपस्थित नभएको जनाइएको छ ।

अपाङ्ग सचेतन केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेकाअनुसार विभिन्न प्रकारका असक्तहरुको संख्या करिब ३ हजार ५ सय भन्दा बढी छ । यस अघि अपाङ्ग अशक्त र वृद्धवृद्धाहरुका लागि मतदान गर्न सवारी साधन गुडाउने गरिएको उनले बताए । अपाङ्गका अतिरिक्त हिँडडुल गर्न नसक्ने झण्डै २ हजारको हाराहारीमा असक्तहरु रहेका र उनीहरुले पनि मतदानमा भाग लिन नपाउने भएको उनले गुनासो गरे ।

यसैबीच जिल्ला सदरमुकाम र ग्रामीण क्षेत्रमा सवारी अनुमति नपाए पनि मोटरसाईकल र केहि स्थानमा गाडि समेत मतदाता बोकेर गुडेका छन् । यद्यपी ति कुनै पनि सवारी साधनको पास छैन । प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले अनुमति नपाएका त्यस्ता सवारी साधनलाई तत्कालै नियन्त्रणमा लिनका लागि सुरक्षा निकायलाई निर्देशन दिएको बताए ।

प्रकाशित : मंसिर ४, २०७९ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?