कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

रसुवामा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक 

बलराम घिमिरे

रसुवा — निर्वाचन अवधिभर रसुवा जिल्लामा मदिरा बिक्री वितरण गर्न रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भन्दै सोमबारदेखि लागू हुने गरी मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

मदिरा सेवनका कारण मतदाता, मतदानसम्बन्धी गतिविधि र निर्वाचन प्रचारप्रसारमा असर गर्ने भएकाले निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

निर्वाचन आचारसंहिता कडाईका साथ पालना गराउन मदिरा बिक्री वितरण र सेवन कार्य नगर्न/नगराउन भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना जारी गरेको छ । नियमविपरीत मदिरा बिक्री वितरण गरेमा तथा सेवन कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चेतावनी दिएका छन् ।

प्रकाशित : कार्तिक २२, २०७९ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?