कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

उत्तरगया गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा

बलराम घिमिरे

रसुवा — रसुवाको उत्तरगया गाउँपालिकाले हरिबोधनी एकादशीको दिन शुक्रबार सार्वजनिक बिदा दिएको छ । पालिकाले हरिबोधनी एकादशीको अवसरमा स्थानीय पर्व बिदा दिइएको हो । 

गाउँपालिकाले बिहीबार सार्वजनीक सूचना जारी गरी एकादशीको अवसरमा स्थानीय बिदा दिएको जनाएको छ । प्रमुख प्रसाशकीय अधिकृत दिपकप्रसाद अधिकारीद्वारा जारी सूचनामा स्थानीय बिदाको रुपमा शुक्रबार गाउँपालिका र अन्तर्गतका कार्यालय र सबै विद्यालयहरूमा बिदा दिएको भनिएको छ । उत्तरगया गाउँपालिका-५ को बेत्रावती र ३ को भुमेथान मन्दिरमा हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ ।

प्रकाशित : कार्तिक १७, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×