१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

छोराको खुकुरी प्रहारबाट बुवा घाइते

रमेशकुमार पौडेल

चितवन — चितवनमा एक युवकले आफ्नै बुवालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । माडी नगरपालिका-६ रामराज्यपुरका २२ वर्षीय राजन गुरुङले ६५ वर्षीया बुवा रामबहादुर गुरुङलाई आइतबार राति घरमै बसिरहेका बेला खुकुरी प्रहार गरेका हुन् । 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले राजनको खोजी भइरहेको बताए । डीएसपी पण्डितले चितवन मेडिकल कलेजमा घाइते रामबहादुर को उपचार भइरहेको जानकारी दिए ।

प्रकाशित : कार्तिक १४, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?