कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चिकित्सकविहीन बन्दै सिन्धुली अस्पताल

राजकुमार कार्की

सिन्धुली — सिन्धुली अस्पतालमा कार्यरत आधा दर्जनभन्दा बढी चिकित्सकहरूको सरुवा भएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । बिरामीको चाप बढेको समयमा विशेषज्ञसहितका ८ जना चिकित्सकहरूको सरुवा भएपछि बिरामी जाँच्न समस्या भएको अस्पतालले जनाएको छ ।

चिकित्सकविहीन बन्दै सिन्धुली अस्पताल

अस्पतालमा कार्यरत एमडीजीपी चिकित्सक डा. ईशु गजुरेल, इन्टरनल मेडिसिनका डा. अभिषेक थपलिया, डा. सुमनमणि पोखरेललगायत दन्तरोग चिकित्सक, छालारोग विषेशज्ञ, डर्माटोलोजिस्ट, गाइनोकोलोजिस्ट र आँखा रोग विषेशज्ञको सरुवा भएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए ।

डेंगी, टाइफस सस्क्राइब, ज्वरोलगायत रोगबाट पीडित बिरामीको चाप दिनानुदिन बढ्दै गएकोमा चिकित्सकहरूको सरुवा भएपछि रिफर गर्नुको विकल्प नभएकाले जनता आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपरेको अध्यक्ष पोखरेलको गुनासो छ । महिनादिनको अवधिमा ठूलो संख्यामा चिकित्सकको सरुवा भएपछि यतिखेर सिन्धुली अस्पताल चिकित्सकविहीनजस्तै भएको छ ।

डा. थपलिया र आँखाका डाक्टरको तीन महिनामै सरुवा भएको छ । आँखा जाँचका लागि अस्पतालले खरिद गरेको १४ लाखभन्दा बढी मूल्य पर्ने स्वास्थ्य उपकरण चिकित्सक नभएपछि अलपत्र भएको छ । दैनिक ४ देखि ६ सयसम्म बिरामी जँचाउनका लागि अस्पताल आउने गरेकोमा चिकित्सकको सरुवा हुँदा आधारभूत स्वास्थ्य सेवामा कठिनाइ उत्पन्न भएको अध्यक्ष पोखरेलले बताए । उनले प्रदेश तथा संघीय मन्त्रालयमा जानकारी दिँदा समेत बेवास्ता गरेकाले पाँच दिनभित्र चिकित्सकको व्यवस्था नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । अस्पतालले तत्काल एमडीजीपी, इन्टरनल मेडिसिन, डर्माटोलोजिस्ट र गाइनाकोलोजिस्टको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको छ ।

प्रकाशित : आश्विन २७, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×