कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

सिन्धुपाल्चोक २ मा पूर्वमन्त्रीद्वय कांग्रेसका बस्नेत र एमालेका तामाङले गरे उम्मेदवारी दर्ता

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको प्रतिनिधि सभा क्षेत्र २ मा कांग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

सिन्धुपाल्चोक २ मा पूर्वमन्त्रीद्वय कांग्रेसका बस्नेत र एमालेका तामाङले गरे उम्मेदवारी दर्ता

यसअघि शीर्ष नेताको बैठकबाट निश्चित भएका क्षेत्र बाँडफाँडप्रति रुष्ट देखिएका बस्नेतले आफूले क्षेत्र १ मा पाउनुपर्ने दाबी गर्दै आएका थिए । शीर्ष बैठकले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्र र २ कांग्रेसलाई दिने निर्णय गरेपछि उनले २ मा र क्षेत्र १ मा माधव सापकोटाले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र १ मा एमालेका केन्द्रीय सदस्य सरेश नेपाल र २ मा पूर्वमन्त्री शेरबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको प्रदेश सभातर्फ १ को (क) मा युद्धविक्रम तामाङ र (ख) मा होमनारायण श्रेष्ठ, प्रदेश सभातर्फ २ को (क) मा अमानसिंह तामाङ र (ख) मा हस्त पण्डितले उम्मेद्धारी दर्ता गरे ।

सत्तागठबन्धनबाट भने संघ र प्रदेश गरी जिल्लाभर ६ सिटमा माओवादी र कांग्रेसले बराबरी लिने केन्द्रको सहमति थियो । सहमतिअनुरुप प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा वाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेल र २ को (क) मा पार्टी पोलिटब्युरो सदस्य तथा वाग्मती प्रदेशका पूर्वमन्त्री युवराज दूलाल शरदले मनोनयन दर्ता गरे । २ को (ख) मा कृष्णकुमार तामाङ र १ को (क) मा मनकुमारी खड्का मसिनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय चौताराका सूचना अधिकारी राजकुमार चौधरीकाअनुसार प्रतिनिधि सभा १ र २ मा गरी आहिलेसम्म २० जनाले मनोनयन दर्ता गराएका छन् । ‘यसमा दल र स्वतन्त्र सबै छन् ,’उनले भने ।

प्रकाशित : आश्विन २३, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?