कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चितवनमा घाँटीमा मासु अड्किएर एकको मृत्यु

रासस

चितवन — मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

चितवनमा घाँटीमा मासु अड्किएर एकको मृत्यु

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि क्षेत्रीलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो ।

क्षेत्रीको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित : आश्विन १८, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×