कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतियार बुझाउन जिल्ला प्रशासन मकवानपुरको आग्रह

सुवास विडारी

मकवानपुर — जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता भएको हातहतियार बुझाउन सूचना जारी गरेको छ । मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार हातहतियार बुझाउन मकवानपुर प्रशासनले आग्रह गरेको हो ।

कार्यालयका प्रमुख प्रशासकीय अधिृकत गुणराजप्रसाद न्यौपानेले जारी गरेको सूचनामा कात्तिक ५ गतेभित्र नजिकैको प्रहरी इकाईंमा लगत राख्ने गरी हातहतियार बुझाउन आग्रह गरिएको छ ।

‘निर्वाचन सम्पन्न भएको एकहप्तापश्चात् लगतकट्टा गरी फिर्ता हुनेगरी हातहतियार बुझाउन हामीले आग्रह गरेका छौं,’ प्रमुख प्रशासकीय अधिृकत न्यौपानेले भने ।


प्रकाशित : आश्विन १४, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?