पौडी खेल्दा बेपत्ता भएका तीन बालकको शव भेटियो- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडी खेल्दा बेपत्ता भएका तीन बालकको शव भेटियो

सुवास विडारी

काठमाडौँ — हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जना बालकहरूको शव भेटिएको छ । शुक्रबार साँझ साढे ५ बजेदेखि बेपत्ता भएका उनीहरूको खोजीको क्रममा साँझ ७ बजे मात्रै कर्रा खोलाको नागदह नजिकै शव फेला परेको हो । 

बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको हो ।

मृतकहरूको पहिचान भइसकेको छैन । उनीहरूको शवलाई अहिले पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ हेटौंडा उपमहानगरपालिका ७ न्युरेनी नागदहस्थित कर्रा खोलामा चार जना बालकहरू पौडी खेल्न जाने क्रममा तीन जना बालक बेपत्ता भएका थिए ।

उनीहरूमध्ये एक बालकको भने सुरुमै उद्धार गरिएको थियो । उद्धार गरिएका बालकका अनुसार बेपत्ता बालकहरू १० देखि १२ वर्ष उमेर समूहका छन् । र उनीहरू हेटौंडा ८ कमानेबाट पौडी खेल्न गएका थिए ।

प्रकाशित : आश्विन ७, २०७९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धनको त्यान्द्रो छुट्यो भने एमालेको भेलले बगाउँछ : केपी ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको जिकिर गरेका छन् ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको आरोप लगाए ।

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै नेता ओलीले प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको बताए ।

‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरूको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरू काम्छ नि थरर, त्यसरी कामेका छन् । त्यसैकारण उनीहरूले यो गठबन्धन बनाउनु परेको छ र । यो त्यान्द्रो समातेनन् र छोडे भने यिनीहरू त्रिशुलीको भेलमा पुगेजस्तो हुन्छ । एमालेको भेलले बगाउँछ । त्यसकारण यिनीहरूले गठबन्धन नामको त्यान्द्रो छोड्दैनन् । किनकि एमालेको भेल यस्तो आइराखेको छ । बगाउँछ,’ अध्यक्ष ओलीले भने ।


ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दाबी गरेका थिए ।

प्रकाशित : आश्विन ७, २०७९ १९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×