कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी तिवारी पुरस्कृत 

सिन्धुपाल्चोक — कान्तिपुर दैनिकका सिन्धुपाल्चोक संवाददाता अनिश तिवारी पुरस्कृत भएका छन् । यस वर्षको हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी तिवारी र रेडियो मेलम्चीका दिपिन ढुंगानालाई प्रदान गरिएको हो ।

कान्तिपुरकर्मी तिवारी पुरस्कृत 

हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले पत्रकारितामार्फत शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानबापत उक्त पुरस्कार दिएको हो । मेलम्ची नगरस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयको शुभकामना आदनाप्रदान कार्यक्रममा शुक्रबार वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङले पाँच हजार एक सय रुपैयाँ राशिको सो पुरस्कार तिवारी र ढुंगानालाई हस्तान्तरण गरिन् ।

हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाका अभियन्ता सुदर्शन पाण्डेकाअनुसार संस्थाले इन्द्रेश्वरी माविका अध्ययनरत सात जना विद्यार्थीलाई छात्रवृत्तिसमेत दिएको छ । जसमा तीन विद्यार्थीले ६ हजार पाच सय र चार जनाले तीन हजार ६ सय रुपैयाँको दरले पाएका हुन् ।

प्रकाशित : आश्विन ७, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?