कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ३ जना गम्भीर घाइते

सुवास विडारी

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा भएको यात्रुवाहक मिनि बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।‍ जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ३ जना गम्भीर घाइते

बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ५० मिटर तलको मोडमा बस खसेको थियो ।

बस दुर्घटनाले छोटो मार्ग अवरुद्ध भएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेको थियो । प्रहरी उपरीक्षक गौतमका अनुसार घाइते भीमफेदीस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेटौंडा ल्याइएको थियो ।

प्रकाशित : आश्विन ६, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?