कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

सिन्धुलीमा खसी चोर्ने ४ जना पक्राउ

राजकुमार कार्की

सिन्धुली — दसैं नजिकिएसँगै यहाँ चोरीका घटना बढ्न थालेको छ । जंगलमा चराउन लगेको खसी चोरी गरेर सिन्धुलीमाडी बजारमा बिक्री गर्न लागेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

सिन्धुलीमा खसी चोर्ने ४ जना पक्राउ

कमलामाई नगरपालिका ५ सिलामेका शंकर श्रेष्ठको खसी चोरेर बजारमा ल्याई बिक्री गर्न लाग्दा प्रहरीले खसी र तीनजना चोरलाई पक्राउ गरेको हो । प्रहरी अनुसार पक्राउ पर्नेमा कमलामाई नगरपालिका ८ का २१ वर्षीय सुरेन्द्र घलान, २७ वर्षीय रामबहादुर वाइबा र अर्का एक जना रहेका छन् ।

चार दिनअघि जंगलमा चराउन लगेको खसी हराएपछि श्रेष्ठले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीकै आधारमा प्रहरीले खसी र चोरहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको सिन्धुली प्रहरीका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । प्रहरीले दसैं नजिकिएसँगै खसी तथा अन्य धनमाल चोरी गर्ने गिरोह सक्रिय हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित : आश्विन ३, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?