कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दोलखामा मिटरब्याजी पक्राउ 

केदार शिवाकोटी

दोलखा — जिल्ला प्रहरी कार्यालय दोलखाले एक जना मिटरब्याजीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौं बस्दै आएका तेजविक्रम कार्की रहेका छन् । 

दोलखामा मिटरब्याजी पक्राउ 

उनलाई प्रहरीले राजधानीबाट पक्राउ गरेर दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताए । तेजविक्रमले मिटरब्याज लिएको भन्दै मेलुङ गाउँपालिका–७ का प्रकाश कार्कीले प्रहरीमा जाहेरी दिएका थिए । स्रोतका अनुसार मिटरब्याजी तेजविक्रमले निर्माण व्यवसायी रहेका प्रकाशलाई एक करोड दिएर १२ करोड असुलउपर गर्न निर्माण कम्पनीका सबै सामान कब्जा लिएका थिए ।

पटक-पटक गरेर प्रकाशले करिब ४ करोड तेजलाई दिए पनि आरोपितले सबै सामान कब्जा गरेपछि प्रहरीमा जाहेरी दिएका थिए । तेजले शक्ति केन्द्रको आडमा चर्को ब्याज असुल गरेर पुराना मितिका चेकमा हस्ताक्षर गराएको पीडितको जाहेरीमा छ । पक्राउ परेका तेजमाथि थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

प्रकाशित : आश्विन २, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×