कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नुवाकोट प्रशासनमा विद्युतीय गुनासो पेटिका संचालन

कृष्ण थापा

नुवाकोट — जिल्ला प्रशासन कार्यालय नुवाकोटले विद्युतीय गुनासो पेटिका संचालनमा ल्याएको छ । सार्वजनिक उत्तरदायित्वको माध्यमको रुपमा प्रत्येक कार्यालयमा गुनासो पेटिका राख्नुपर्ने व्यवस्थाअन्तर्गत कार्यालयले विद्युतीय गुनासो पेटिका राखेको हो ।

नुवाकोट प्रशासनमा विद्युतीय गुनासो पेटिका संचालन

'सूचना प्रविधि विकास भएसँगै हाम्रा गुनासो गर्ने माध्यमहरु पनि परिवर्तन भइरहेकाले सेवाग्राही तथा सरोकारवालाहरुलाई आफ्नो उजुरी तथा गुनासो राख्न सहज होस् भन्ने अभिप्रायले यो विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरेका हौं,' प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले भने ।

गुनासो पेटिकामा कार्यालयले प्रदान गर्नुपर्ने सेवाका साथसाथै जिल्ला भित्रका सरकारी तथा अर्ध सरकारी निकायहरुबाट प्रदान हुने सेवाका सन्दर्भका गुनासो, उजुरी वा सुझावहरु राख्न सकिने छ । पेटिकामा आउने गुनासो तथा सुझावहरु सिधै प्रमुख जिल्ला अधिकारीकोमा पुग्नेछ ।

उजुरीकर्ता वा गुनासोकर्ताको विवरण गोप्य राखिने स्थानीय प्रशासनले जनाएको छ । पेटिकामा गुनासो वा उजुरीकर्ताको नाम, फोन नम्बर, कुन निकायमाथि उजुरी गरिने हो, उजुरी वा गुनासो गर्ने ठाउँ र सुझावसमेत दिएर 'समिट बटम' थिच्नुपर्छ । त्यसभन्दा पहिले डिएओनुवाकोटडटमोहाडटजीओभीडटएनपीको वेब पेज खोजेर विद्युतीय गुनासो पेटिकामा जान सकिने प्रशासनले जनाएको छ ।

प्रकाशित : भाद्र २६, २०७९ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?