कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जिरीमा एक सातादेखि बेपत्ता पुरुष मृत भेटिए

केदार शिवाकोटी

दोलखा — दोलखाको जिरी नगरपालिकास्थित एक सातादेखि बेपत्ता रहेका पुरुषको शव भेटिएको छ । जिरी नगरपालिका–९ खर्क खोलामा उनको शव फेला परेको हो ।

एक सातादेखि बेपत्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको शव खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

भदौ १६ गतेबाट बेपत्ता भएका उनको शव खोला किनारमा बुधबार अपराह्न बस्तुभाउ चराइरहेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खत्रीको मृत्युको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७९ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×