२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

पहिरोले टोखा-छहरे सडक अवरुद्ध 

काठमाडौँ — काठमाडौंबाट नुवाकोट, रसुवा र धादिङ आवतजावतका लागि छोटो दूरीको टोखा-छहरे सडक अवरुद्ध भएको छ । 

पहिरोले टोखा-छहरे सडक अवरुद्ध 

शिवपुरी गाउँपालिका ६ नुवाकोटको गुर्जेभञ्ज्याङमा बुधबार दिउँसो करिब सवा ४ बजे सैनिक चेकपोस्टभन्दा करिब २० मिटर अगाडि सडक माथिबाट पहिरो झर्दा बाटो अवरुद्ध भएको अस्थायी प्रहरी पोस्ट गुर्जेभन्ज्याङका प्रहरी सहायक निरीक्षक हेम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार पहिरो गएपछि दुवैतर्फ सवारी साधन रोकिएका छन् । बाटो खुलाउन गुरुङगाउँबाट डोजर आउने क्रममा रहेको प्रहरी सहायक निरीक्षक पौडेलले बताए । त्यस क्षेत्रमा अहिले सिमसिम पानी परिरहेको छ ।

प्रकाशित : भाद्र २२, २०७९ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?