कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुंगा खसेर लाग्दा दोलखामा युवकको मृत्यु

एक जना घाइते
केदार शिवाकोटी

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका– ५ खानीगाउँमा निमार्णाधीन सासा हाईड्रोको विद्युत् गृह जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।

अर्का एकजना घाइते भएका छन् । शुक्रबार बिहान २ बजेतिर मेसिनमा चढेर सुरुङभित्र प्रवेश गर्ने क्रममा ढुंगा खसेर लाग्दा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ का २२ वर्षीय पेम्बाछिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।

यस्तै ढुंगा लागेर सोलुखुम्बु खुम्बुपासाङ गाउँपालिका–१ का २० वर्षीय फुर्वा ग्याल्जेन शेर्पा घाइते भएका छन् । उनको सिंगटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सासा हाईड्रोमा कार्यरत उनीहरु दुवैजना मेसिन चढेर सुरुङमा प्रवेश गर्नेे क्रममा माथिल्लो क्षेत्रबाट ढुंगा खसेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र १७, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?