कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकमा बुहारीको कुटाइबाट ससुराको मृत्यु

अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका १ मा पारिवारिक विवादमा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारकै क्रममा मृत्यु भएको छ । हेलम्बुको माथिल्लो भेग गाउँपालिका १ गोवागाङ गाउँका ८० वर्षका कामीढिण्डु लामाको बुहारीको कुटपिटबाट ज्यान गएको हो ।

जिल्ला प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीकाअनुसार लामालाई घरायसी विषयमा बाझाबाझ हुँदा बुहारी २३ वर्षीया रिता तामाङले आइतबार काठको चिर्पटले कुटपिट गरेकी थिइन् । त्यसलगत्तै वृद्ध लामा गम्भीर घाइते भएका थिए ।

टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारार्थ स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो । ‘बुहारीबाट कुटिएका उनलाई खार्चुङकै स्वास्थ्य संस्थामा उपचार हुँदै थियो, आज लामाको मृत्युको दुखद् खबर पाइएको छ,’ डीएससी बुढाथोकीले भने । लामालाई कुटपिट गर्ने बुहारी रितालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले जनाए ।

प्रकाशित : भाद्र १४, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?