कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दले नुवाकोटको जनजीवन प्रभावित

कृष्ण थापा

नुवाकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ दलले आह्वान गरेको नेपाल बन्दका कारण नुवाकोटको जनजीवन प्रभावित बनेको छ । आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको मागसहित बढ्दो मँहगी, भ्रष्टाचार नियन्त्रण, एमसीसी र एसपीपी खारेजीको माग राखी मंगलबार ४ दलले बन्दको आह्वान गरेका हुन् ।

बन्दले नुवाकोटको जनजीवन प्रभावित

बन्दका कारण पासाङ ह्लामु मार्गमा सञ्चालित नुवाकोट र रसुवासम्म चल्ने छोटो र लामो दूरी चल्ने सवारीसाधन सञ्चालनमा आएका छैनन् भने गुर्जेको लाकुरीभन्ज्याङ, कोल्पुटार हुँदै गल्छी नाकाबाट सञ्चालन हुने यातायातसमेत प्रभावित भएको छ ।

बन्दका कारण कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए । नुवाकोट सदरमुकाम क्षेत्रका बजार पनि आंशिक खुलेका छन् । प्रायः उद्योग कलकारखाना, शैक्षिक संस्था बन्द छन् भने सरकारी कार्यालयमा सेवाग्रहीको भीड कमै छ ।

स्थानीयवासीहरू हिँडेरै आवतजावत गरिरहेका छन् भने बजार वरिपरि निजी मोटरसाइकल र साइकल मात्रै चलिरहेका छन् । बन्दका कारण रसुवा भित्रिने पर्यटकीय साधनसमेत ठप्प छ भने रसुवागढी नाकाबाट रसुवा भन्सार कार्यालयबाट छुट्नुपर्ने सामान बोकेका कन्टेनरसमेत काठमाडौंका लागि छुटेका छैनन् ।

प्रकाशित : भाद्र ७, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?