कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेन्ट लागेर युवकको मृत्यु

केदार शिवाकोटी

दोलखा — दोलखाको भीमेश्वर नगरपालिका–६ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ कोठेका २८ वर्षीय कृष्ण बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान किस्मत कृषि फर्ममा मोटर चलाएर सवारी साधन धुने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि घाइते भएका उनको उपचारको क्रममा पशुपति चौलागाईँ स्मृति अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुढाथोकी ६ महिनादेखि उक्त फर्ममा सवारी चालकका रुपमा कार्यरत थिए ।

प्रकाशित : भाद्र ५, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?