वाग्मती प्रदेश प्रमुखद्वारा २ वटा अध्यादेश जारी- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेश प्रमुखद्वारा २ वटा अध्यादेश जारी

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन् । 

प्रदेश मन्त्रिपरिषद्को २४ साउन २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गरेको थियो । साउन २६ गते प्रदेश प्रमुखको कार्यालयमा जारी गर्नका लागि पेस भएको अध्यादेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ ले प्रदेश भित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारी व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन, कर्मचारीको नियुक्ति, बढुवा, सरुवा, विभागीय कारबाही, स्थानीय सेवा र सेवाका समूह तथा पदहरुमा एकरुपता तथा सुशासन कायम गर्न अध्यादेशले महत्वपूर्ण कानुनी आधार प्रदान गरेको छ ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद प्रदेश निजामती सेवाको पद हुने व्यवस्था अध्यादेशले गरेको छ ।


प्रकाशित : भाद्र १, २०७९ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुलामा जिप दुर्घटना : ५ को घटनास्थलमै मृत्यु, ९ जना घाइते 

मनोज बडू

दार्चुला — गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए । उनका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।

उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो ।

घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन् ।

प्रकाशित : भाद्र १, २०७९ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×