कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशूलीमा ट्रक खस्यो

रमेशकुमार पौडेल

चितवन — पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलामा शनिबार बिहान सवा ९ बजेतिर एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।

त्रिशूलीमा ट्रक खस्यो

नदीमा खसेको ट्रकको ढोकाको भाग र शिशाहरू नदी किनारमा छिरोलिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । इँटाहरू पनि खसेको हुँदा ट्रकले इँटा बोकेको हुन सक्ने उनले बताए । ट्रकमा कतिजना थिए भन्ने बारेमा पनि केही जानकारी नखुलेको उनले बताए ।

मुग्लिन कटेर धादिङतर्फ जाँदै गरेको ट्रक नदीमा खस्यो भन्ने जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलतर्फ गएको थियो । अहिलेसम्म ट्रक नम्बर पनि नखुलेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७९ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?