कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिचार्ज पोखरी फुट्दा १० भन्दा बढी घरमा क्षति

केदार शिवाकोटी

दोलखा — भीमेश्वर नगरपालिका–३ मा रहेको रिचार्ज पोखरी फुटेर आएको बाढीले १० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबार परेको अविरल वर्षासँगै माथिल्लो क्षेत्रको खोरथली सामुदायिक वनमा रहेको रिचार्ज पोखरी फुटेर मऱ्याङ खोलामा आएको बाढीले भीमेश्वर नगरपालिका–२ र ३ का १० भन्दा बढी घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

रिचार्ज पोखरी फुट्दा १० भन्दा बढी घरमा क्षति

मऱ्याङ खोलाले कटान गरेपछि घरहरु जोखिममा परेका छन् । आइतबार राति बाढी आएलगत्तै स्थानीयले घर छाडेका थिए । बाढीले गरेको क्षतिको विस्तृत विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार रातिकै अविरल वर्षासँगै खसेको पहिरोले विगु गाउँपालिका-४ खोलिखिम बजारको दुईवटा घर पुरेको छ । २० भन्दा बढी घर जोखिममा परेका छन् भने लादुक-बलुङ सडक पहिराले बगाएको छ । यसैगरी कालिञ्चोक गाउँपालिका-१ मा परिहोले सडक बगाएको वडाध्यक्ष पदम थामीले बताए ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?