कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगु नियन्त्रण गर्न ‘स्प्रे’

कान्तिपुर संवाददाता

हेटौंडा — हेटौंडा उपमहानगरमा डेंगुको संक्रमण बढ्दै गएपछि नियन्त्रण गर्न स्प्रे गर्न थालिएको छ । उपमहानगरको ४ र ५ नम्बर वडाका विभिन्न क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएपछि बिहीबारदेखि स्प्रे गर्न थालिएको हो । 

डेंगु नियन्त्रण गर्न ‘स्प्रे’

उपमहानगरको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी ‘डाइथाल कार्वसेट’ पानीमा मिसाएर छरिएको छ ।

‘संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेको क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको हो,’ उनले भने । हेटौंडा–४ र ५ नम्बर क्षेत्रमा डेंगुका बिरामी देखिएका छन् ।

प्रकाशित : श्रावण २१, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?