हेटौंडा उपमहानगरले नि:शुल्क खानेपानी उपलब्ध गराउने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
मकवानपुर — हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने भएको छ । बिहीबार उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको उपमेयर राजेश बानियाँले जानकारी दिए ।
उक्त निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धाराहरूमा मात्र लागू हुनेछ । निर्णयअनुसार २३ हजार ५ सय धाराको हकमा लागू हुने मेयर लामाले बताए । उक्त सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दाबी गरिएको छ । नि:शुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयमा उल्लेख गरिएको छ । ‘उपभोक्ता समितिमार्फत खानेपानी प्रयोग गरिएको हकमा हामी विशेष निर्णय पछि गर्नेछौं,’ मेयर लामाले भनिन् ।
सत्तारुढ गठबन्धनले चुनावको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत् नि:शुल्क उपलब्ध गराउने घोषणा गरेका थियो । उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा समेत यो विषय समेटिएको थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)