कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

खोलाले बगाएर नुवाकोटमा एक जनाको मृत्यु

कृष्ण थापा

नुवाकोट — नुवाकोटको बेलकोटगढी नगरपालिका १२ मा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ ५५ वर्षीया सुकुमई तामाङको बेलकोटखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए । 

उनलाई खोलाले १ किलोमिटर तल रैकरेचौतिस भन्ने स्थानमा मृत फेला परेकी थिइन् । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ ।

उनी वडा नम्बर १२ की एमालेबाट निर्वाचित महिला सदस्य समेत भएको एमाले केन्द्रिय सदस्य विन्दा ढुंगानाले जनाइन् ।

प्रकाशित : श्रावण ११, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×