कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सभाको दसौं अर्थात बजेट अधिवेशन अन्त्य भएको छ ।

वाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव शर्माले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले प्रदेश सभाको दसौं अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए ।

वर्षे अधिवशेनले चालु आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । प्रदेश सभाको सोमबार बैठकले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

अधिवेशनको अन्त्यसँगै सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले मंगलबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

प्रकाशित : श्रावण १०, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?