कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नुवाकोटमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

कृष्ण थापा

नुवाकोट — नुवाकोटमा आइतबार छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पिकअप दुर्घटना र मोटरसाइकल दुर्घटनामा एक/एक जनाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

ककनी गाउँपालिका–१ महालक्ष्मीथानमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३२ वर्षीया बसन्ती बलामीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी उपचारका लागि काठमाडौं लगिएको छ ।

गाडीका चालक फरार रहेकोले उनको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख तथा एसपी रामप्रकास शाहले बताए । घाइते हुनेमा ककनी गाउँपालिका १ का स्थानीय विष्णु बलामी, रमेश बलामी, नानु बलामी, मानबहादुर बलामी र सरस्वती बलामी छन् । उक्त वडाको भित्री सडकमा पर्ने महालक्ष्मीथानबाट तरकारी लोड गरी काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख.३७२८ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त भ्यान अचानक सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लिखु गाउँपालिका ६ छहरेमा ना ६२ प ९५२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बिजुलीको पोलमा ठोक्किएर सोही वडाका २९ वर्षीय करण केसीको मृत्यु भएको छ । सोही बाइकको पछाडि सवार २७ वर्षीय अनिश श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको काठमाडौंमा उपचार भइरहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल काठमाडौंबाट छहरे आउँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : श्रावण १, २०७९ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?