कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

त्रिशूलीमा बेपत्ता श्रेष्ठको एक सातापछि शव फेला 

कृष्ण थापा

नुवाकोट — एक साताअघि त्रिशूली नदीमा बगेका आमाछोरामध्ये ३२ वर्षीया मोतीमाया श्रेष्ठको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बेलकोटगढी नगरपालिका ७ खाल्टेस्थित त्रिशूली किनारमा श्रेष्ठको शव फेला परेको हो ।

सूचना अधिकारी एवं डिएसपी रुपक खड्काका ७ वर्षीय छोरा युनिक भने फेला परेका छैनन् । उनीहरु विदुर नगरपालिका ३ ढोडेनीका बासिन्दा हुन् ।

छोरा युनिक खेल्ने क्रममा त्रिशूलीमा डुबेपछि बचाउन गएकी आमा मोतीमाया असार १८ गते साँझ वर्षेभेलमा बगेर बेपत्ता भएका थिए । उनीहरुको खोजीका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेनालगायत जुटेका थिए । युनिकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २५, २०७९ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?