कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको किम्ताङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

कृष्ण थापा

नुवाकोट — म्यागङ गाउँपालिका ४ किम्ताङ स्वास्थ्य चौकीलाई भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको छ । सदरमुकाम विदुरदेखि २५ किमि पश्चिमोत्तर भेगमा रहेको स्वास्थ्य चौकीलाई भारतीय दूतावासले बुधबार एम्बुलेन्स उपलव्ध गराएको हो ।

नुवाकोटको किम्ताङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

यो वडाले धादिङ साविक सत्यदेवीसँग जोडिएको छ । यहाँ तामाङ समुदायको बाहुल्यता छ ।

यसअघि भारतीय सहयोगमा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टमार्फत समुन्द्रटारको सूर्यमति चन्द्रावती बहुउद्देश्यीय सहकारी संस्था दुप्चेश्वर, शिवपुरी गाउँपालिका सल्लेमैदान स्वास्थ्य चौकी, ककनी गाउँपालिका ककनी, बेलकोटगढी नगरपालिका कुमरी स्वास्थ्य चौकी, जिलिङ रेडक्रस शाखालाई एम्बुलेन्ससहित नुवाकोटका ९ स्थानमा एम्बुलेन्स उपलब्ध भइसकेको छ ।

प्रकाशित : असार १९, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?