कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा विपद् व्यवस्थापन प्रदेश गोदामघर स्थापना

कृष्ण थापा

नुवाकोट — वाग्मती प्रदेश सरकारले जोखिम न्यूनीकरण गर्न प्रदेश गोदाम घर शाखा स्थापना गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले शुक्रबार विदुर नगरपालिका-३ बुद्धसिङघाटमा निर्मित प्रदेश गोदाम शाखा र सुरक्षाकर्मी ब्यारेक भवनको उद्घाटन गरेका हुन् । 

नुवाकोटमा विपद् व्यवस्थापन प्रदेश गोदामघर स्थापना

उनले विपद् आइपरेमा उद्धार कार्य गरी व्यवस्थापन गर्न सघाउन पुर्‍याउने मन्त्री खनालले बताए । उनका अनुसार प्रदेश सरकारले नुवाकोट, काभ्रे र मकवानपुर गरी ३ वटा प्रदेश गोदामघर (विपद् व्यवस्थापन बेस) रहेको बताए ।

गोदामघर र सुरक्षाकर्मी भवन गरी २ वटा छन् । एउटा भवनमा आपत्कालीन सामग्री राखिएको छ भने अर्कोमा सुरक्षाकर्मी छन् । उक्त गोदामघर ९० लाख रुपैयाँ लागतमा एएनडी कन्स्ट्रक्सन बट्टारले निर्माण गरेको हो ।

प्रदेश गोदामघरले नुवाकोट र रसुवामा आइपर्न सक्ने विपद्लाई सघाउने नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

प्रदेश सरकारले प्रत्येक जिल्लाका जिल्ला व्यवस्थापन समितिलाई प्रदेश सरकारले १० लाख रुपैयाँको रिवर्डिङ फन्ड उपलब्ध गराएको छ । ५ लाख रुपैयाँ घट्नेबित्तिकै शोधभर्ना हुने व्यवस्था गरिएको र जिल्लामा जोखिमका घटनालाई उक्त कोषले मलमपट्टी लाग्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण शर्माले बताए ।

प्रकाशित : असार १७, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?