कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषि अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन हुने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश लेखा समितिले कृषि अनुदान वितरण तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन गर्ने भएको छ ।

कृषि अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन हुने

प्रदेश सभाको बैठकमा अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियामा त्रुटी भएको विषयले प्रवेश पाएसँगै समितिले छानबिन गर्ने निष्कर्ष निकालेको हो । लेखा समितिको हेटौंडामा बसेको बैठकले कृषि अनुदान वितरण र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गरिएको सिटिस्क्यान खरिद प्रक्रियाको छानबिन गर्न उपसमिति गठन गरेको छ ।

समिति सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरिएको हो । उपसमितिमा एमालेका सांसद चन्द्रबहादुर लामा र विवेकशीला साझा पार्टी सांसदका रमेश पौड्याल सदस्य छन् ।

उपसमिति सदस्य सचिव दीपक अधिकारीलाई तोकिएको छ । समितिको समय सीमा साउन १० गतेसम्म रहेको छ । ‘अनुदान वितरण र उपकरण खरिद प्रक्रियाको विषयसँग सम्बन्धित कागजात हामीले मागेका छौं,’ उपसमिति सदस्य रमेश पौड्यालले भने ।

उनका अनुसार स्वास्थ्य उपकरण खरिदको विषयमा स्वास्थ्य मन्त्रालय र तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र हालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत् २०७६/०७७ देखि हालसम्म वितरण भएका अनुदान वितरण सम्बन्धि शीर्षक, संख्या, रकम, प्राप्त गर्नेको सम्पूर्ण विवरण सात दिनभित्रमा उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

‘उपसमितिले आवश्यक छानबिन गरी प्रतिवेदन बुझाउने छ,’ उनले थपे । बैठकले स्थानीय तहमा सार्वजनिक लेखा समिति गठन र त्यसको प्रभावकारिताको विषयमा असार २० र २२ काठमाडौं र धुलिखेलमा स्थानीय तहसँग अन्तरक्रियासमेत गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित : असार १७, २०७९ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?