कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रोत नखुलेको दस लाख रुपैयाँसहित दुई जना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा स्रोत नखुलेको दशलाख रुपैयाँभन्दा बढी रकमसहित दुईजनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाँउपालिका–९, खराङगास्थित कल्पना घलानको घरको कोठामा राखेको मधेस प्रदेश ०३–०२३ प ३१७२ नम्बरको मोटरसाइकलमा लुकाएर राखेको अवस्थामा भारतीय र नेपाली गरी १० लाख ३५ हजार २४० रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालक कैलाश गाउँपालिका–१ का ५३ वर्षीय सानुकान्छा योञ्जनले लुकाएर ल्याएको भारतीय १ लख ९८ हजार नौसय रुपैयाँ र नेपाली ७ लाख १७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार योञ्जन लागूऔषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राममुद्दाका फरार प्रतिबादीसमेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि योञ्जन र घरधनी कल्पना घलानलाइ नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : असार १६, २०७९ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?