कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेश सभा बैठक बस्दै

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सभाको बैठक मंगलबार पनि बस्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।

वाग्मती प्रदेश सभा बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेश सभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । सोमबार बसेको बैठकमा ९ वटा विषयगत मन्त्रालयहरुको बजेटमाथि छलफल भएको थियो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।

प्रतिपक्षी दल एमालेले बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, चुनाव केन्द्रित बजेट ल्याएको,एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको र विगतको सरकारले ल्याएका बृहत् प्रकारका योजनाहरु कटौती गरेको आरोप छ ।

प्रकाशित : असार १४, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?