कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कटुवा पेस्तोलसहित पक्राउ

रमेशकुमार पौडेल

चितवन — कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई समाएको छ । जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि समातिएको चितवन प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोलसहित पक्राउ

प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षका प्रकाश विकलाई गिरफ्तार गरेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीका अनुसार भरतपुर–८ घर भएका विक सो ठाउँमा डेरा गरी बस्थे । उनको डेराबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने दुईवटा गोली बरामद भएको छ । त्यसै गरी नगद एक लाख १४ हजार रुपैयाँ, लकेट सहितको एउटा सुनको सिक्री र पाँच थान मोबाइल फोनसेट पनि बरामद भएको डिएसपी अधिकारीले बताए ।

चितवन प्रहरीले जेठ २३ गते भरतपुर महानगरपालिका–६ घर भएका दिपक पुनमगरलाई भरतपुर–४ बाट कटुवा पेस्तोलसहित समाएको थियो । पुनलाई प्रहरीले हातहतियार तथा खरखजनासम्बन्धी अपराधमा मुद्दा दायर गर्न हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । सोही मुद्दाको अनुसन्धानको सिलसिलामा सोधपुछ हुँदा प्रकाश पनि फक्राउ परेको डिएसपी अधिकारीले बताए ।

प्रकाशित : असार १२, २०७९ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?