कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्धक बनाएर फिरौती मागेको आरोपमा तीन पक्राउ

सुवास विडारी

मकवानपुर — हेटौंडाको एक होटलमा युवकलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

बन्धक बनाएर फिरौती मागेको आरोपमा तीन पक्राउ

हेटौंडा–१० बसपार्कस्थित ट्राभल होटल एण्ड लजमा पर्सा वीरगञ्ज महानगरपालिका–१९ का २७ वर्षीय अमनकुमार श्रीवास्तवलाई बन्धक बनाएर घरमा फिरौती रकम माग गरेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो ।

जेठ २९ गतेदेखि श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

श्रीवास्तबलाई बन्धक बनाएर घरमा फोन गर्न लगाउने हेटौंडा–१५ का २९ वर्षीय सुरेश लामा, २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थपसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ८, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?