कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमफेदी कारागारमा कैदीको मृत्यु

सुवास विडारी

मकवानपुर — लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय करागारमा रहेका मिलन परियारको मृत्यु भएको छ । ३ वर्षदेखि कैदी जीवन बिताइसकेका हेटौंडा—२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७६ जेठ २ गतेदेखि ७ वर्षका लागि कैदी जीवन बिताइरहेका परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारका लागि लगिएको भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङले जानकारी दिए ।

परियारको थप उपचारका लागि स्वास्थ्य चौकीले हेटौंडा अस्पताल रिफर गरेको थियो । उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको जनाएको छ ।

हालसम्म परियारको पोस्टमार्टम हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ८, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?