कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नुवाकोटमा मूल्यवृद्धिको विरोधमा विद्यार्थीको मसाल जुलुस 

कृष्ण थापा

नुवाकोट — पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नुवाकोटमा एमाले निकट विद्यार्थी संगठनले विरोध प्रदर्शनसहित मसाल जुलुस निकालेको छ  ।

नुवाकोटमा मूल्यवृद्धिको विरोधमा विद्यार्थीको मसाल जुलुस 

मंगलबार साँझ अनेरास्ववियुले पार्टी कार्यालय विदुरदेखि लोकतान्त्रिक चोकसमेत मसाल जुलुस निकालेको थियो । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, महँगी नियन्त्रण गर भन्दै सरकारको राजीनामासमेत मागेका थिए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णुहरि रिमालले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।


प्रकाशित : असार ७, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×