१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

श्रीमती हत्याका अभियुक्तलाई २२ वर्ष कैद

प्रताप विष्ट

हेटौंडा — श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले श्रीमान्‌लाई २२ वर्ष कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको सोमबारको इजलासले मकवानपुर गढी—२ खोलाखेतका ६ वर्षीय देवराज गोलेलाई पत्नि श्रीमाया गोलेको हत्या गरेको ठहर गर्दै उक्त कैद सजायको फैसला गरेको हो ।

श्रीमती हत्याका अभियुक्तलाई २२ वर्ष कैद

४६ वर्षीया पत्निलाई मादक पदार्थ सेवन गरेर देवराजले २०७७ माघ ४ गते राति घरमै हत्या गरेका थिए ।

कुटपिटबाट पत्निको मृत्यु भएपछि भर्‍याङबाट लडेर मृत्यु भएको भनेर छिमेकीहरुलाई गोलेले ढाँटेका थिए । प्रहरीको अनुसन्धानबाट गोलेले नै हत्या गरेको ठहर गरेको थियो । गोले अहिले भीमफेदी कारागारमा छन् ।

प्रकाशित : असार ७, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?