कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

त्रिशूलीमा फाल हानेकी महिलाको सकुशल उद्धार

कृष्ण थापा

नुवाकोट — बेलकोटगढी नगरपालिका ७ बुद्धसिङघाटस्थित त्रिशूली नदीमा मंगलबार हाम फालेर आत्महत्या प्रयास गरेकी महिलाको सकुशल उद्धार गरिएको छ । 

काठमाडौं थानकोट घर बताउने ४५ वर्षीया महिला त्रिशूलीमा हाम फालेर करिब ३ सय मिटर बगाएपछि स्थानीय र प्रहरी चौकी तारुकाले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती महिलालाई आफन्तको जिम्मा लगाइएको छ ।


प्रकाशित : असार ७, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×