कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबरजस्ती करणी गरी लुटपाट गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ — युवतीलाई प्रलोभन देखाई जबरजस्ती करणी र लुटपाट गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-९ का अन्दाजी २८-२९ वर्षका विश्व तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दीनेशराज मैनालीले बताए ।

जबरजस्ती करणी गरी लुटपाट गरेको आरोपमा एक जना पक्राउ

विवाह गर्ने प्रलोभन देखाएर गेस्ट हाउसमा लगी पेय पदार्थ खुवाई युवतीको साथमा रहेको एक लाख रुपैयाँ‚ दुई तोला सुन र एउटा मोबाइल लुटी फरार भएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको विस्तृत स्वास्थ्य परीक्षण गराई अनुसन्धानको कार्य सुरु गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

आइतबार राति ११ बजे प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको विशेष टोलीले आरोपित तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ७, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?